logo of Prayatna
cover image for the publication showing some books and prayatna logo with the text Resources
Publication Source: Others
Publication Type:
Source Organization: Naari Nepal

Publication Links

दृष्टिविहीन महिलालाई गमनशिलता तालिम प्रदान

May 11, 2023

दृष्टिविहीन अपाङ्गता भएका महिलाहरुलाई गमनशिलता तालिम प्रदान गरिएको छ । दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूलाई हिड्डुल गर्न कठिन हुने भएकाले त्यसलाई सहज बनाउनका लागि यो तालिम प्रदान गरिएको हो ।

नेपाल सरकारले वर्गीकरण गरेको १० प्रकारका अपाङ्गता मध्ये दृष्टिविहीन अपाङ्गता पनि एक हो । अन्य व्यक्तिहरुको तुलनामा दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरुले गमनशिलता अर्थात हिड्डुल गर्न गाह्रो हुने भएकाले यो तालिम प्रदान गरिएको हो ।

अपाङ्गता मध्ये दृष्टिविहीन अपाङ्गता भएका व्याक्तिले तालिम पाएको खण्डमा सहज रुपमा आफ्नो गन्तव्यसम्म पुगी दैनिकी सञ्चालन गर्न सक्षम हुन्छन् । यो तालिममा सहयोगी बिना नै सेतो छडीको प्रयोग गरेर हिड्डुल गर्न अपाङ्गता भएका व्यक्तिहरूलाई सिकाइन्छ । हिड्डुल गर्न सहज होस् भन्दै प्रयत्न नेपालले यही बैशाख २२ गते दिख २६ गते काठमाडौंमा गमनशिलताको तालिम प्रदान गरेको हो ।

Follow below link for complete Article.

logo of Prayatna
Prayatna Nepal is an organization established to works for visually impaired women and girls. We empower visually impaired women and girls to take their lives in their own hand.
Copyright © 2024 Prayatna Nepal. Website by: Diverse Patterns
magnifiercrossmenuchevron-down Skip to content