logo of Prayatna
cover image for the publication showing some books and prayatna logo with the text Resources
Publication Source: Others
Publication Type:
Source Organization: khaptadtv.com

Publication Links

प्रयत्न नेपालद्वारा वेब प्रमाणीकरण सम्बन्धी राष्ट्रिय कार्यशालाको आयोजना

December 18, 2022

प्रयत्न नेपालले अपाङ्गता भएका व्यक्तिहरुलाई सूचना तथा प्रविधिमा पहुँच पुर्याउनका लागि काम गर्दै आएको छ ।

यस संस्थाले प्रविधिमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँचका विषयमा काम गर्ने क्रममा भर्खरै सरकारी तथा नीजि निकायहरुका वेबसाइडहरु तथा एप्सहरु कति अपाङ्गता मैत्री छन् वा छैनन् भनेर अडिट वेब प्रमाणीकरण ( Web Accessibility ) का विषयमा आज राजधानीमा एक कार्यशालामा आयोजना गरेको हाे।

ओपन सोसाइटी फाउण्डेशनको सहयोगमा राजधानीमा आयोजना गरिएको उक्त कार्यशालामा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव सुगम भट्टराइले अपाङ्गता मैत्री तथा पहुँचयुक्त प्रविधिका विषयमा जीरो लेबलबाट काम गर्नु पर्ने, प्राविधिकहरुलाई अपाङ्गता मैत्री वेबसाइडहरु एप्सहरु निर्माण गर्नका लागि सल्लाह सुझाब दिदै तालिम पनि दिनु पर्ने बताए ।

उक्त कार्यशालामा डाईभर्स प्याट्रान्सका निर्देशक सागर प्रसाँइले नेपालमा पहुँचयुक्त प्रविधिको अवस्थाको (Prioritizing Digital accessibility for inclusive Development position paper on digital accessibility in Nepal ) विषयमा प्रस्तुतीकरण गर्दै नेपालका ऐन कानूनहरुमा पहुँचयुक्त प्रविधिका कुराहरु समावेश गरिएता पनि सरकारी स्तरका अधिकांश वेबसाइडहरु अपाङ्गता मैत्री नभएको र आगामी दिनमा सबै निकायहरुले अपाङ्गता अनुकूलको प्रविधिको विकास गर्नु पर्ने कुरामा जोड दिए ।
त्यसै गरी नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष टिका दाहालले सूचना तथा प्रविधिमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच पुर्याउनको लागि वकालत तथा पैरवी गरिरहने र आगामी दिनमा पनि यस्ता कार्यहरुलाई निरन्तरता दिने कार्यमा सधै साथमा रहने पनि बताए  ।
यसै क्रममा आयोजक संस्था प्रयत्न नेपालकी अध्यक्ष सरिता लामिछानेले विभिन्न वेबसाइडहरु तथा एप्लिकेसनहरुमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँचका विषयमा २० वटा वेबसाइडहरु र १० वटा एप्लिकेसनहरु अडिट गर्दा अपाङ्गता भित्र पनि दृष्टिविहिन मैत्री नभएको पाइएको भन्दै आगामी दिनमा यस्ता वेबसाइडहरु तथा एप्लिकेसनहरु अपाङ्गता मैत्री तथा पहुँच योग्य बनाउन सम्बन्धीत निकाय र सरकारी निकायलाई आवश्यक सुझाब दिने बताउनुस भयो ।
त्यसै गरी राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पूर्व अध्यक्ष तथा एविलिज फाउण्डेशनका राष्ट्रिय संयोजक डा.विरेन्द्रराज पोखरेलले सरकारी तथा अन्य सरोकारवाला निकायका वेबसाइडहरु अपाङ्गता मैत्री नहुदा हरेक कार्यहरुमा चुनौतीको सामना गर्न परेको भन्दै अबका दिनमा प्रयत्न नेपाल मार्फत नै सूचना तथा सञ्चार र प्रविधिहरु अपाङ्गता अनुकूल बनाउनका लागि वकालत तथा पैरवीका कार्यलाई निरन्तरता दिनु पर्ने र यस कार्यमा आफुले सधै सहयोग गर्ने बताउनु भयो ।

आज राजधानीमा आयोजना गरेको पहुँचयुक्त वेब प्रमाणीकरण ( National Validation workshop on web Accessibility ) सम्बन्धी राष्ट्रिय कार्यशालाका प्रमुख अतिथि तथा राष्ट्रिय समावेशी आयोगका सदस्य हरिदत्त जोशीले कुनै पनि निकायका सूचना तथा प्रविधिहरुमा सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको पहुँच पुग्नु पर्ने भन्दै आगामी दिनहरुमा सूचना तथा प्रविधिमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच पुर्याउनका लागि सहकार्य गरेर काम गर्ने बताउनु भयो ।

logo of Prayatna
Prayatna Nepal is an organization established to works for visually impaired women and girls. We empower visually impaired women and girls to take their lives in their own hand.
Copyright © 2024 Prayatna Nepal. Website by: Diverse Patterns
magnifiercrossmenuchevron-down Skip to content