logo of Prayatna
cover image for the publication showing some books and prayatna logo with the text Resources
Publication Source: Others
Publication Type:
Source Organization: 

सूचना तथा वेब प्रविधिहरु पहुँचयुक्त हुनु पर्ने विषयमा छलफल

December 16, 2022

काठमाडौँ, १ पुस – राष्ट्रिय समावेशी आयोगका सदस्य हरिदत्त जोशीले सबै वेबसाइडहरु तथा प्रविधिहरु अपाङ्गता मैत्री बनाउनका लागि सम्बन्धित प्राविधिकहरुको भेला गरेर अपाङ्गता अनूकलको सूचना तथा प्रविधि बनाउन वकालत तथा पैरवी गर्ने पर्ने बताए ।

काठमाडौंमा प्रयत्न नेपालले ओपन सोसाइटीको सहकार्यमा आयोजना गरेको पहुँचयुक्त वेब प्रमाणीकरण ( National Validation workshop on web Accessibility ) सम्बन्धी राष्ट्रिय कार्यशालामा उक्त कुरा बताउदै यस विषयमा अपाङ्गता भएका व्यक्तिहरु र प्रयत्न नेपाल लगायत अपाङ्गताको क्षेत्रमा काम गर्ने अन्य संघ संस्थाका प्रतिनिधिहरुको सल्लाह सुझाब पनि आवश्यक हुने हुदा उनीहरुका विचमा पनि एक छलफल कार्यक्रमको आयोजना गरेर काम गर्ने कुरामा आफले पनि साथ दिने कुरामा जोड दिएका थिय ।

यस कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पूर्व अध्यक्ष तथा एविलिज फाउण्डेशनका राष्ट्रिय संयोजक डा.विरेन्द्रराज पोखरेलले सूचना तथा प्रविधिको जति नै विकास भएता पनि अन्य प्रकारका अपाङ्गता भएका व्यक्तिहरु र दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुको पहुँचमा ती सूचनाहरु पुग्न नसक्दा उनीहरु महत्वपूर्ण अवसरबाट बञ्चित हुन परेको भन्दै यस विषयमा राज्यको ध्यान केन्द्रित हुनु पर्ने बताए ।

आयोजक संस्था प्रयत्न नेपालकी अध्यक्ष सरिता लामिछानेले सरकारी तथा गौरसरकारी निकायहरुका वेबसाइडहरु डिजिटल पहुँचयुक्तताको लागि संस्था मार्फत वकालत तथा पैरवी गर्दै आएको भन्दै उनले अधिकाशं निकायहरुका सूचना तथा प्रविधिहरु अपाङ्गता मैत्री र पहुँच योग्य नभएको बताइन ।

उक्त कार्यशालामा डाईभर्स प्याट्रान्सका निर्देशक सागर प्रसाँइले नेपालमा पहुँचयुक्त प्रविधिको अवस्थाको (Prioritizing Digital accessibility for inclusive Development position paper on digital accessibility in Nepal ) विषयमा प्रस्तुतीकरण गरेका थिए । यसै क्रममा उनले सूचना तथा प्रविधिहरुमा सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको पहुँच हुनु पर्ने भन्दै अपाङ्गता मैत्री प्रविधि निर्माण तथा पहुँचयुक्तताका विषयमा नीजि तथा सरकारी स्तरबाट नै तालिम सञ्चालन गर्नु पर्ने कुरामा जोड दिए ।

त्यसै गरी एशिया प्यासिफिक इन्टरनेट गभरमेन्स फोरम ( Asia Pacific regional internet Governance Forum ) का उपाध्यक्ष आशीर्वाद त्रिपाठीले अपाङ्गता भएका व्यक्तिहरुको प्रकार अनुसार उनीहरुको भिन्नताको पहिचान गरी पहुँचयुक्त प्रविधिको विकास गर्नु पर्ने भन्दै उनीहरुको सहजताको लागि पहुँचयुक्त प्रविधि निर्माण गर्नेका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद् जनाए ।

logo of Prayatna
Prayatna Nepal is an organization established to works for visually impaired women and girls. We empower visually impaired women and girls to take their lives in their own hand.
Copyright © 2024 Prayatna Nepal. Website by: Diverse Patterns
magnifiercrossmenuchevron-down Skip to content