निकताले यौन, लैङ्गिक पहिचान, यौनिक अभिमुखीकरण, आनन्द, घनिष्ठता र प्रजनन जस्ता पाटो समेट्छ । यौनिकता मानिसको विचार, कल्पना, इच्छा, विश्वास, सोच, मूल्यमान्यता, व्यवहार, भूमिका र सम्बन्धहरूबाट अनुभव वा व्यक्त गर्न सकिन्छ । प्रश्न उठ्छ, के यस्ता अनुभूति सबै समुदाय र व्यक्तिहरूले गर्न पाएका छन् त ? अझै पनि कतिपय समुदायमा यो सीमितता र अवरोधको घेराभित्र विद्यमान छ । सन्दर्भ यहाँ अपाङ्गता भएका महिलाहरूको हो ।पालको संविधानले सूचनाको हकलाई मौलिक हकअन्तर्गत राखे तापनि प्याड र गर्भनिरोधको साधनहरूमा ब्रेललिपिमा नलेखिदिँदा दृष्टिसम्बन्धी अपाङ्गता भएका महिलाहरू म्याद कटिसकेको सामान प्रयोग गर्न बाध्य छन्।