क ठाँउबाट अर्को ठाँउमा सहज रुपमा आउन जान सक्ने अर्थात आवत जावत गर्नुलाई नै गमनशिलता भनिन्छ । व्यक्ति एक ठाँउबाट अर्को ठाँउमा सहज रुपमा जान, हिड्डुल गर्न सक्ने भएमा उसका सबै दैनिक क्रियाकलापहरु सहज रुपमा सम्पन्न गर्न सकिन्छ । जब व्यक्तिलाई आवत जावतमा सहजता हुन्छ तब मात्र यसको जीवनयापनमा पनि सजिलो हुने गर्दछ । अन्य व्यक्तिहरुको तुलनामा दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरुको आवगमनमा केही अवरोधहरु हुन्छन् । जसको कारण उनीहरु एक्लै हिड्डुल गर्न चुनौती हुन्छ । हिड्दा लड्ने, ठोक्किने, खाल्डोमा पर्ने, चोटपटक लाग्ने गरेका धेरै उदाहरणहरु सुनिन्छन् ।
दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरु सहज रुपमा एक्लै सेतो छडी प्रयोग गरेर हिड्न सकुन भन्ने उदेश्यले दृष्टिविहीन अपाङ्गता भएका महिलाहरुको क्षेत्रमा काम गर्ने संस्था प्रयत्न नेपालले दृष्टिविहिन अपाङ्गता भएका महिलाहरुलाई ५ दिने गमनशिलताको तालिम प्रदान गरेको छ ।
Please follow below link full article.